काठमाडौं,एजेन्सी - साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा फ्रान्ससँग १-० ले पराजित भएपछि पोर्चुगलको उपाधि यात्रा टुंगिएको हो । पोर्चुगलको मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले निर्णायक गोल गरे ।

उनले खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पोर्चुगलविरुद्धको जितसँगै फ्रान्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग 'ए' समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोडेको छ । र, फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ ।