काठमाडौं  -  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्यमा संलग्नलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेको छ । 

सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको भन्दै त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।

मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको देउवाको आरोप छ ।