नेपालमा पहिलोपटक आइपुग्याे निजी क्षेत्रको कार्गो रेल
खबर एक्सप्रेस
२०७८-०५-३० १२:४६ मा प्रकाशित
Total Shares: 225
काठमाडौं - नेपालमा पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आएको छ ।
नेपाल–भारत रेल्वे सम्झौता भएको १७ वर्षपछि बुधबार बिहान १० बजे हिन्द टर्मिनल प्रालिको भारतीय रेल वीरगञ्ज सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस