दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिए
खबर एक्सप्रेस
२०८२-०४-०९ ०९:४१ मा प्रकाशित
Total Shares: 69
काठमाडौं-भक्तपुरमा दुई दिदी बहिनी मृत भेटिएका छन् ।
मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टिटारमा आज बिहान १७ की मेनुका कँडेल र उनकी बहिनी १५ वर्षकी सिर्जना कँडेल झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
सुर्खेत पञ्चपुरी नगरपालिका–८ का उनीहरू भक्तपुरमा डेरा गरेर बस्दै आएका थिए ।
डेरा कोठाको प्यासेजमा एउटै नाइलनको डोरी फलामको डण्डीमा छिराएर दुईतिरको टुप्पोले घाँटीमा बेरी पासो लगाएर झुण्डिएको अवस्थामा दुवैजना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस