माधव नेपाल समूहले हालेको रिटमाथि आज सुनुवाई हुँदै
काठमाडौं - नेकपा एमालेका असन्तुष्ट समूहका नेता माधवकुमार नेपाल सहितका नेताहरुले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिटको सुनुवाई आज हुँदैछ ।
माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रीटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाई हुने भएको हो ।
रिट निवेदकले आफूहरुमाथि गर्न लागिएको निष्काषनको कारवाही उत्प्रेषण,प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।
यद्यपी, उक्त रिट ढुंगानाको इजलासको अन्तिमतिर परेकाले आज हेर्न नभ्याइनेमा पर्न सक्ने सम्भावना छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस