नारायणी अस्पतालका चार कर्मचारीसहित ४७ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 396
काठमाडौं - वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा अस्पतालकै चार कर्मचारीसहित ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा १० जना महिला र ३७ पुरूषमा रहेका छन् । वीरगञ्जका २०, बाराका ३, नारायणी अस्पतालका ४ कर्मचारी र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा संक्रमण देखिएको हो।
अस्पतालका अनुसार पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई र रक्सौल पन्टोकाका एक/एक जनामा संक्रमण देखिएको छ भने एक जनाको भने ठेगाना खुलेको छैन।
फेसबुक पेज Like गर्नुहोस