काठमाडौं,एजेन्सी - इन्टर मिलान इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ । दोस्रो स्थानको एट्लान्टाले सासोउलोसँग बराबरी खेलेसँगै इन्टर चार खेल अगावै च्याम्पियन बन्न सफल भएको हो ।

१० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १-१ गोलको बराबरी खेलेको थियो । उक्त बराबरीसँगै इन्टरले १३ अंकको स्पस्ट अग्रता बनाउदै उपाधिमा पकड जमाएको हो । इन्टरले ११ वर्षपछि सिरी  ‘ए’ को उपाधि जितेको हो । इन्टर पछिल्लोपटक २००९–०१० मा सिरी ‘ए’ को च्याम्पियन बनेको थियो ।  

सिरी ‘ए’ मा चार राउन्डको खेल बाँकी रहँदा इन्टरले ३४ खेलबाट ८२ अंक जोड्यो । समान खेलबाटै दोस्रो स्थानमा रहेको एटलान्टाले ६९ अंक जोडेको छ । ९ सिजन लगातार च्याम्पियन बनेको युभेन्टस भने यो सिजन तेस्रो स्थानमा छ ।