बारामा ५ वर्षिय बालकको मृत्युपछि कोरोना पुष्टि
काठमाडौं - बाराको वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्युमा उपचाररतको क्रममा मृत्यु भएका ५ वर्षिय बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार उपचारको क्रममा मृत्यु भएपछि गरिएको कोरोना परिक्षणमा संक्रमण देखिएको हो । अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । शुक्रबार राति गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको अस्पताल स्रोतले बतायो ।
बालकलाई निमोनियाको समस्या देखिएपछि परिवारले सुरूमा निजगढस्थित सामुदायिक अस्पताल लगेका थिए। पछि अवस्था जटिल भएपछि अस्पतालले वीरगन्ज रिफर गरिदिएको थियो।
शुक्रबार नै अस्पतालमा भर्ना भएका ती बालकमा श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो । सोहि क्रममा शुक्रबार राति मृत्यु भयो ।
बालकको शव नेपाली सेनालाई जिम्मा लगाइसकिएको अस्पताल स्रोतले बताएको छ । शवलाई गाउँमै लगेर सामाजिक परम्परा अनुसार अन्तिम संस्कार गर्ने तयारी परिवारका सदस्यहरुले गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस