वान एक्स बेट प्रकरण: पक्राउ परेका आठै जना हास्यकलाकारहरुलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौं - विभिन्न अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ परेका हास्यकलाकार बल्छी ध्रुबे र राजु मास्टरसहित आठै जनालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको छ ।
काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट चार दिन थुनामा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति पाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले जानकारी दिए ।
अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकारहरु ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे (ढेडु बूढो), भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) लाई पक्राउ गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस