सरकार भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो, ५ अध्यादेश अघि बढाइने
खबर एक्सप्रेस
२०८१-११-२० १०:१८ मा प्रकाशित
Total Shares: 161
काठमाडौं - भूमि सम्बन्धी अध्यादेशमा सरकार पछि हटेको छ ।
सत्तापक्षका केही दलको साथ नपाएपछि भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने निष्कर्षमा सरकार पुगेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय गरिएको उनले बताए । भोलि प्रतिनिधिसभा बैठक बस्दै छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस