काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । 

मन्त्रालयले कोरोना अपहरणको संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । 

निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोरोनाको संक्रमण दर बढ्नसक्ने चेतावनी मन्त्रालयको छ ।

कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि मन्त्रालयको आग्रह छ । देशमा कोरोना संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको छ । 

भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको स्वास्थ्यकर्मीको भनाइ छ । 

अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । खोप लगाउन योग्य ९६ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।