इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने दुई हजार ३९ जना उत्तीर्ण
खबर एक्सप्रेस
२०७८-०५-२९ ०५:३८ मा प्रकाशित
Total Shares: 235
काठमाडौं - वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।
भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी दुई हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६३ सय ९७ जना सहभागी भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस