काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३१५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।