कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतक संख्या ९५ पुग्यो
खबर एक्सप्रेस
२०७७-०४-२९ ०४:४० मा प्रकाशित
Total Shares: 284
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । जसमा पुरुष ७३ जना र महिला २२ जना रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस