सनराइज बैँक र एटि सर्भिस बीच अनलाइन विप्रेषण सम्झौता
खबर एक्सप्रेस
२०७७-०४-१७ १२:३६ मा प्रकाशित
Total Shares: 433
काठमाडौं - सनराइज बैँक र हङकङस्थित एटि सर्भिसमार्फत अनलाइनबाट विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
एटि सर्भिस मार्फत हङकङ बाट नेपाल पठाएको पैसा केही मिनेटमै सनराइज बैँकको देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर र नेपालभर छरिएर रहेका १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।
बैँक खातावालाको हकमा भने सेवा सनराइज बैँकको खातामा मात्र नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैँकहरुको खाताहरुमा समेत तुरुन्तै जम्मा गर्ने ब्यवस्था मिलाइएको छ ।
यसरी एटि सर्भिस मार्फत पैसा पठाउदा तुलनात्मक उच्च विनिमय दरमा रकम पठाउन सकिने ब्यवस्था समेत गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस