कांग्रेस संसदीय दलको बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-१०-१३ ०७:२४ मा प्रकाशित
Total Shares: 133
काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।
संसद्मा विचाराधीन विधेयकमा छलफलसहितका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।
संसदीय दलको बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषयवस्तु भए सघन रूपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुर्याउने कांग्रेसको तयारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस