काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।