काठमाडौ - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण गर्ने भएका छन् । 

अमेरिकाबाट कोभ्याक्समार्फत प्राप्त जोन्सन एन्ड जोन्सनको खोप कार्यक्रम सोमबार देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको छ ।