काठमाडौं - काठमाडौंबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको महानगरपालिका-१ जय नेपाल हल नजिकबाट १० लाख ६३ हजार ८४० नगदसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२-५२ प ६९९४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा उक्त नगदसहित निजहरू पक्राउ परेका थिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।