पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०७-०७ ०४:४० मा प्रकाशित
Total Shares: 322
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४९९ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ६६८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस