काठमाडौं, सुर्खेत - कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ ।

बुधबार केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ ।

सो बैठकले दलको नेतामा यामलाल कँडेललाई चयन गर्दै सरकारमा रहेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । साथै, अनुपस्थित नेपाल  पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको एक नेताले जानकारी दिए । 

बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।