काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी विस्तार गरेको छ । 

शनिबार नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा बसेके सो पक्षको केन्द्रीय कमिटी बैठकले समानान्तर संरचना बनाउने नि‌र्णय गरेकाे हाे।

बैठकको निर्णयअनुसार प्रदेश १ को संयोजनको जिम्मवारीमा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बाग्मति प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशम युवराज ज्ञवाली रसुद्रपश्चिम प्रदेशको जिम्मा भीम रावललाई दिइएको छ ।  

यस्तै, युवा विभागको जिम्मा रघु पन्तलाई, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्टलाई, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकलौटी ढंगले निर्णय गर्दै आफूहरुलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेपछि सो पक्षले आवश्यक रणनीति तय गरेको हो । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र  बैठकमा बोलाएर आफू र महासचिवबाहेक नेपाल र खनाल पक्षका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर गरेका थिए ।