काठमाडौं - इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवै पक्ष युद्धविराम गर्न बुधबार राति सहमत भएका हुन् । 

युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको बीबीसीले जनाएको छ। इजरायल र हमासबीचको युद्धविराममा कतारले पनि प्रमुख भूमिका खेलेको बताइएको छ । इजिप्टमा भएको वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका प्रतिनिधिहरू सहभागी थिए ।