काठमाडौं - नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमको सचिवालयले गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछन् भन्ने समाचारमा सत्यता नभएको बताएको छ ।

राष्ट्रियसभा सदस्य समेत रहेका नेता गौतमको सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका समाचारमा चरित्र हत्या गर्न खोजिएको उनका स्वकीय सचिव दीपक टमटाले बताएका छन् । टमाटाले यस्ता समाचारमा सत्यता नभएको र यस्तो कपोकल्पित समाचारको पछाडि नलाग्न उनले अनुरोध गरेका छन् ।

यस्ता समाचार दुष्प्रचारबाहेक अन्यथा केही नभएको भन्दै उनले सबैलाई त्यसमा विश्वास नगर्न अनुरोध गरे । मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै ‘विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा क। वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचार  प्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उनको चरित्र हत्यामा संलग्न अपराधी  तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको  ब्यहोरा जानकारी गराउन चाहन्छौँ, लेखेका छन् ।