एन आई सी एशिया क्यापिटल चौथो वर्षमा
काठमाडौं - एन आई सी एशिया क्यापिटल लिमिटेडले संचालनमा आएको तीन वर्ष पुरा भएको अवसरमा क्यापिटलको सेवामा विशेष छुट योजना ल्याएको छ ।
जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।
यसको आगामी चैत मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
कम्पनी २०७६ साल फागुन २२ गते संचालनमा आएको तीन वर्ष पुरा गरेको जानकारी दिँदै सो योजना अगाडि सारेको हो । संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको बैंकको दाबी छ ।
मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिस्पर्धा रहदा समेत एन आई सी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै महत्वपूर्ण उपलब्धी हाशिल गर्न सफल भएको बेंकको दाबी छ ।
क्यापिटलको एक वर्षमा निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता दर्ता गर्न सफल भएको जनाएको छ । । यसैगरी शेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको जनाएको छ ।
म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको बैंको दाबी छ ।
फेसबुक पेज Like गर्नुहोस