आईसीसीद्वारा नयाँ टि-ट्वान्टी वरियता: कप्तान खड्का धोनी र गेलभन्दा अगाडि
काठमाडौं - नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का ब्याटिङतर्फ दुई स्थान तल झर्दै ६८औं स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टि(ट्वान्टी क्रिकेट वरियतामा यस्तो देखिएको हो । नयाँ वरियतामा कप्तान खड्का ब्याटिङतर्फ २ स्थान तल खस्किदै ६८ स्थानमा पुगेका छन् ।
नयाँ वरियताअनुसारपारसले भारतीय विकेटकिपर महेन्द्र सिंह धोेनी र वेस्ट इन्डिजका ओपनर क्रिस गेललाई पनि पछि पारेका छन् । उक्त वरियतामा धोनी ६९औं र गेल ७५ औं स्थानमा रहेका छन् ।
कप्तान खड्का अलराउन्डरतर्फ पारस २७ औं स्थानमा देखिएका छन्, जुन राशिद खान, रोहित शर्मा, हार्दिक पान्ड्या, क्रिस गेल र आन्द्रे रसेलजस्ता स्टार खेलाडीको भन्दा राम्रो स्थान हो । नयाँ वरियतामा पारस २७औं स्थानमा रहँदा राशिद ३० औं, रोहित ३९ औं, हार्दिक ४१ औं, गेल ४३ औं र रसेल ५३ औं स्थानमा छन् ।
नेपालका अर्का अलराउन्डरतर्फ सोमपाल कामी ६७ औं स्थानमा पुगेका छन् भने टि २० बलिङतर्फ वसन्त रेग्मी १ स्थान खस्किँदै ७२औं स्थानमा झरेका छन् । बलिङमा कामी ६८औं स्थानमा पुगेका छन् ।
नयाँ वरीयतामा ब्याटिङतर्फको शीर्षस्थानमा पाकिस्तानका वावर आजम, बलिङमा अफगानिस्तानका कप्तान राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका गेल म्याक्सवेल शीर्ष स्थानमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस