फर्नान्डेस चम्किँदा युनाईटेडको सहज जित
काठमाडौं,एजेन्सी - ब्रुनो फर्नान्डेसको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।
गएराति भएको खेलमा युनाईटेडले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको मैदानमा भएको खेलमा युनाईटेडले पुनरागमन जित निकालेको हो । गुडिसन पार्कमा बेर्नार्डले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको २५ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ३२ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा एडिनस काभानीले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।
जितसँगै युनाईटेडले लिगमा तेस्रो जित निकालेको छ । र, युनाईटेड लिगको १४ औं स्थानमा उक्लिएको छ । युनाईटेडले ७ खेलमा १० अंक जोडेको छ । एभर्टन ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस