काठमाडौं - जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन् । हाल देशका पहाडी भू-भागहरुमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जानकारी दिएको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका साथै अबका केही दिन देशभर नै चिसो बढ्ने क्रममा रहने छ।

आगामी ३ दिनको मौसम पूर्वानुमान:

२०७८ मंसिर ०७ गते (मंगलबार)
दिउँसो: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका १-२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ मंसिर ०८ गते (बुधबार)
दिउँसो: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ मंसिर ०९ गते (बिहिबार)
दिउँसो: प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।