राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि कार्यतालिका प्रकाशित
काठमाडौं - राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि कार्यतालिका प्रकाशित भएको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको अध्यक्षका लागि फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारी गराएकी थिइन्। निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएपश्चात कार्यतालिका प्रकाशित भएको हो।
महासचिव पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन सम्वत् २०८० फागुन २९ गते मङ्गलबारको सभाको बैठकबाट गर्ने गरी २०८० फागुन २७ गतेको बैठकबाट सम्माननीय अध्यक्षज्यूले निर्वाचनको मिति निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम (१) बमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ।’


.gif)



फेसबुक पेज Like गर्नुहोस