कालीमाटीका व्यापारीले फ्याँके ९२ हजार किलो टमाटर
खबर एक्सप्रेस
२०८०-०३-०३ ११:५५ मा प्रकाशित
Total Shares: 149
काठमाडौं-कालीमाटीका व्यापारीले ९२ हजार किलोग्राम टमाटर सडकमा फ्याँकेका छन्। आफूहरूले खरिद गरेको टमाटर महँगीको कारण बिक्री नभएपछि उनीहरूले सडकभरि टमाटर फ्याँकेका हुन्।
टमाटरको मूल्यवृद्धिका कारण उपभोक्ताले खरिद गर्न कम गरेपछि व्यापारिहरूलाई यो बाध्यता आइपरेको हो।
व्यापारीले सडकमै टमाटर फ्याँक्दा सडक फोहोरका साथै सवारी आवतजावतमा समेत समस्या भइरहेको छ। यतिबेला सडकमा फ्याँकिएको टमाटर डोजरमार्फत् उठाउने कार्य चलिरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस