काठमाडौें, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे शेख जियाज रंगशालामा हुनेछ ।

अंक तालिकाको शिर्षस्थानमा रहेको मुम्बईलाई दोस्रो स्थानमा रहेको बेंग्लोरले चुनौती दिन लागेको हो । आजको खेल जित्दै जारी सिजनको प्ले अफमा पुग्ने दुवै टोलीको लक्ष्य छ । आजको खेल जित्ने टोली प्ले अफमा छनोट हुने पहिलो टोली बन्नेछ ।

मुम्बई रोहित शर्माको कप्तानीमा हार्दिक पाण्डे, केइरन पोलार्ड, ट्रेन्ट बोल्ड, जसप्रित ब्रुमराह, क्वान्टन डी ककलगायतका अनुभवी र उत्कृष्ट खेलाडीको साथमा मैदान उत्रिदैँछ ।

बेंग्लोरमा विराट कोहलीको नेतृत्वमा एबी डी भिल्लर्स, आरोन फिन्च, क्रिस मोरिस, आडम जाम्पा, मोइन अलिलगायतका उत्कृष्ट खेलाडी छन् ।

'हेड टु हेड'का आकंडा हेर्दा मुम्बई बलियो देखिएको छ । यी दुई टोलीबीच अहिलेसम्म खेलिएका २६ खेलमध्ये मुम्बई १६ र बेंग्लोर १० खेलमा विजयी भएका छन् । यी दुई टोलीबीचको पछिल्लो खेलमा बेंग्लोरले मुम्बईलाई सुपर ओभरमा हराएको थियो ।