काठमाडौं - नेकपा ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा बैठकको रणनीति तय गर्न ओली समूहले बैठक राखेको हो । 

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको छ । 

यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ (बहुमत) सांसद उपस्थित भएका थिए । बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएको छ ।