डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेता चयन
खबर एक्सप्रेस
२०७९-०९-१८ १०:०५ मा प्रकाशित
Total Shares: 364
काठमाडौं-नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्।
दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए ।
दलको नेतामा डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक, जन्मजय तिमिल्सिना, वीरबहादुर राना र निमा गिरीले पनि दाबी गरेका थिए । तर, संस्थापन पक्षका चौधरी सर्वसम्मत चयन भएका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस