‘म यस्तो गीत गाउँछु २’ आजबाट प्रदर्शनमा आउँदै
खबर एक्सप्रेस
२०७८-११-१३ ११:५७ मा प्रकाशित
Total Shares: 308
काठमाडौं - कोरोना भाइरसको कारण रिलिज मिति स्थगित भएको ‘म यस्तो गीत गाउँछु २’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।
बुधबार साँझ फिल्मको कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर सो गरिएको थियो । कोरोना संक्रमणको जोखिम कम भएसँगै फिल्मले रिलिज मिति तय गरेको हो ।
फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल लगायतको अभिनय रहेको छ । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको निर्देशन सुदर्शन थापाले गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस