असोज ३ गतेदेखि धरहरा सञ्चालनमा आउने
खबर एक्सप्रेस
२०८१-०५-२८ ०७:४४ मा प्रकाशित
Total Shares: 78
काठमाडौं - सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको जनाइएको छ ।
संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । २०७२ सालको भूकम्पले धरहरा भत्किएपछि यसको पुनर्निर्माण गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस