नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहल गर्ने परराष्ट्रमन्त्रीको प्रतिवद्धता
काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा बृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताएकी छन् ।
नेपालगञ्ज–दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दो प्रयास गर्ने बताइन् ।
परराष्ट्रमन्त्री राणाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गरेकी छन् ।
मन्त्री डा राणाले भनिन्–‘नेपालगञ्ज दिल्ली सिधा उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभीटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस