कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१७ ०३:५० मा प्रकाशित
Total Shares: 258
काठमाडौं - वीर अस्पतालमा कुनै पनि दीर्घरोग नभएका युवकको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । सर्लाही घर भएका १७ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको हो ।
अस्पतालका कोभिड संयोजक डा. अच्युतले दिएको जानकारी अनुसार उक्त युवकको बुधबार बिहान निधन भएको हो ।
उनी १० गते वीर अस्पतालमा भर्ना भएका थिए । उनको ट्राभल हिस्ट्री भएका कारण कोरोना परीक्षण गर्दा मंगलबार आएको रिपोर्टमा पोजिटिभ देखिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस