मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना : ७ सवारी आपसमा ठोकिए, २१ जना घाइते
खबर एक्सप्रेस
२०८२-०७-०२ ०९:२१ मा प्रकाशित
Total Shares: 55
चितवन-मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटना बिहान करिब साढे ७ बजे चितवनको गाईघाट नजिक यात्रुवाहक बस र ट्रकसहित सातवटा सवारी आपसमा ठोक्किँदा भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उद्धारकार्य सम्पन्न गरी सबै घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस