काठमाडौं - गृहमन्त्री राम बहादुर थापाको भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

संगठित अपराध आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोजमा १ लाख रुपैयाँ धरौटी लिएर तारेखमा

छोडेको थियो । 

राजधानी दैनिकबाट