रेशम चौधरीले आयोगमा दिए नयाँ दल दर्ताका लागि निवेदन
काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
चौधरीले बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन पेश गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) नाम प्रस्ताव गरेका चौधरीले ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् भने उक्त पार्टीको चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको छ ।
अध्यक्षमा २७ वर्षीय ‘जेनजी’ कविर सोब, उपाध्यक्षमा सीके राउतको जनमत पार्टी त्यागेका अब्दुल खान र संरक्षकमा रेशमलाल चौधरी रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ श्रीमतीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए। त्यसपछि रेशमले भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस