शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड
खबर एक्सप्रेस
२०८०-०१-२७ ०५:२३ मा प्रकाशित
Total Shares: 84
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिएपनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ ।
सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो सहमति भएको बताएका हुन् । ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ’ उनले भने ।
उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको समेत दावी गरे ।
फेसबुक पेज Like गर्नुहोस