भूल भुलैया २ मा क्लाइमेक्समा देखिनेछिन् विद्या
काठमाडौं,एजेन्सी - अक्षय कुमार र विद्या बालनको हिट फिल्म भूल भुलैयाको अर्को भाग नयाँ कास्टसहित आउने तयारीमा छ । भुल भुलैया टु मा कार्तिक आर्यन, तबू र कियारा आडवाणीको नाम फाइनल भइसकेको छ ।
फिल्मबाट कार्तिकको लुक पनि रिलिज भइसकेको छ । सबै पात्रमध्ये सबैभन्दा महत्वपूर्ण भूमिका मोन्जोलिकाको छ । भूल भुलैयामा विद्या बालनले यो भूमिका निभाएक थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार भूल भूलैया टुमा पनि विद्याले मोन्जोलिकाको भूमिका निभाउने छिन् ।
क्लाइमेक्समा देखिनेछिन् विद्या ?
अनिस बज्मीको निर्देशनमा बन्न लागेको भूल भुलैया टुमा विद्या मोन्जोलिकाको भूमिकामा देखिने भारतीय सञ्चार माध्यमले दाबी गरिरहेका छन् । मिड डेले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका हुन् । स्रोतले भन्यो, ‘उनको इक्वेसन सन् २०११ देखिको हो जब विद्याले अनिज बज्मीको फिल्म थ्याङ्क्यूमा क्यामियो अपियरेन्स दिएकी थिइन् ।
उनले मोन्जोलिकाको क्यारेक्टरलाई बनाए, शाही नर्तकीको भूत, अविस्मरणीय छ । विद्याले आमी जे तोमार गीतमा नाच्नेछिन् वा क्लाइमेक्समा देखिनेछिन् ।’
फेसबुक पेज Like गर्नुहोस