‘स्थानीय स्तरमा लकडाउन हुन्छ, तर तत्काल देशव्यापी हुँदैन’:मन्त्री ज्ञवाली
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएका हुन् । ‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल पालना गर्नुस् मात्रै भन्छौं’ उनले भने, ‘स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं ।’
यस्तै, आयोजक कमिटीको बैठकले पनि कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ । ‘बैठकमा प्रधानमन्त्री एवं अध्यक्षले पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्ट बढ्दै गएको भन्दै जिल्ला–जिल्लामा डेक्स राख्ने, विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्नेजस्ता काममा खट्न निर्देशन दिनुभएको छ’ एमालेका प्रवक्तासमेत रहेका उनले भने ।
फेसबुक पेज Like गर्नुहोस