पवनदीपले जिते ‘इन्डियन आइडल’को १२औं संस्करणको उपाधि
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 279
काठमाडौं - १२औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन् ।
गए राति भएको इन्डियन आइडलको ग्रान्ड फिनालेमा पवनदीपले अन्य पाँच प्रतिष्पर्धीलाई पराजित गर्दै उपाधि चुमेका हुन् । उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्न सफल भए । उपाधि जितेसँगै पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपैयाँ तथा एक कार पाएका छन् ।
२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्डमा भएको थियो । गायनसँगै वाद्यवाधनमा पनि उत्तिकै पोख्त रहेका पवनदीपले नेपाली गित पनि राम्रो सँग गाउन सक्छन् ।
फेसबुक पेज Like गर्नुहोस