सेफिल्डलाई हराउँदै एभर्टन दोस्रो स्थानमा
खबर एक्सप्रेस
२०७७-०९-१२ ०८:५४ मा प्रकाशित
Total Shares: 285
काठमाडौं,एजेन्सी - एभर्टन प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै एभर्टन दोस्रो स्थानमा उक्लिएको हो ।
खेल सकिन १० मिनेट अघि जेल्फी सिगर्डसनको गोलनै एभर्टनलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।
प्रशिक्षक कार्लोस एन्सेलोटीको टिमले लगातार चार खेलमा जित निकल्न सफल भएको छ । दोस्रो स्थानमा उक्लिएको एभर्टनले २९ अंक जोड्यो । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ । सेफिल्ड युनाईटेड २ अंक सहित तलिकाको पुछारमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस