बानेश्वरमा काँग्रेस संसदीय दलको बैठक सुरु
खबर एक्सप्रेस
२०७८-०४-०३ ०३:०३ मा प्रकाशित
Total Shares: 253
काठमाडौं - सत्तारुढ नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । करिब ४५ मिनेट ढिलो गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
दिउँसो २ बजेका लागि बैठक बोलाइएको भएपनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा ढिलो पुगेपछि बैठक पनि ढिलो नै सुरु भएको एक नेताले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतका सन्दर्भ छलफल हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस