काठमाडौं - संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो ।