काठमाडौं,बारा-बारा प्रतिनिधि सभा क्षेत्र नम्बर (२ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता लिएका छन् । 

बारा-२ मा सार्वजनिक भएको प्रारम्भिक मतगणना अनुसार ६७० मत गणना हुँदा यादवले २२४ मत पाएका छन् । यसैगरी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत पाएका छन।

एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाउनु भएको छ भने रास्वापाका रमेश खरेलले ८० मत पाउनु भएको छ ।सो क्षेत्रमा आइतबार मतदान भएको थियो । मतगणना भने सोमबारबाट सुरु भएको हो । गत वर्ष मंसिर ४ मा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव विजयी भएका थिए। चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षे खाली भएको थियो । त्यही कारण उपनिर्वाचन भएको हो ।