अदालतको समस्या समाधान गर्न साझा धारण बनाएर प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल
काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या दलहरूबीचमा साझा धारणा बनाएर प्रधानमन्त्रीले समाधनकाे पहल गर्नुपर्ने बताएका छन् ।
बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘साझा धारण बनाएर प्रधानमन्त्रीको हैसियतले अदालतको समाधान गर्नुपर्छ,’ नेपालले भने ।
बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकोले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्ने उनले बताए । नेपाल एकीकृत समाजवादी पार्टीले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस