एमालेकाे बैठक सकियो, फ्लोरक्रस गर्ने सांसदलाई किन भएन कारवाही ?
काठमाडौं - नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक सकिएको छ ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाहीबारे कुनै पनि निर्णय नगरी सकिएको हो ।
सोमबारको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार २४ घन्टा पूरा नभएकोले कारवाहीबारे निर्णय नभएको हो ।
वरिष्ठ नेता नेपाल पक्षका सांसदहरुले स्पष्टिकरण दिन जुरुरी नरहेको भन्दै नदिने बताउँदै आएका छन् । बैठकलाई वरिष्ठ नेता नेपाल पक्षले भने बहिस्कार गरेको थियो । आजको बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए । बैठक भोलि ३ बजे पुनः बस्नेछ ।
फेसबुक पेज Like गर्नुहोस